क्रुसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट लिएको संन्यास फिर्ता
म्युनिख । रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिएको संन्यास फिर्ता लिएका छन् । जर्मनीले सन् २०२४ को यूरो कपको आयोजना गर्दैछ ।
३४ वर्षीय खेलाडी सन् २०१४ को विश्वकप विजेता टोलीको सदस्य रहेका थिए । उनी राष्ट्रिय टोलीबाट १०६ खेल खेलेका छन् । उनले सन् २०२१ को जुलाईमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । तर, प्रशिक्षक जुलियन नेगल्सम्यानसँगको छलफलपछि अहिले उनले आफ्नो निर्णय फिर्ता लिएका हुन् ।
‘म जर्मनीका लागि मार्चमा पुनः खेल्नेछु । किन ? किनभने मलाई प्रशिक्षकले आग्रह गर्नुभयो । म यसको लागि तयार छु,’ क्रुसले आफ्नो इन्सटाग्राममा लेखेका छन्, ‘अहिले मानिसहरूले सोचेभन्दा यो टोलीको युरोपियन च्याम्पियनसिपमा अझै धेरै सम्भावना रहेको छ ।’
योसँगै अर्को महिना हुने फ्रान्स र नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण खेलका लागि उनी उपलब्ध हुनेछन् । जर्मनीले सन् २०२४ को युरोको उद्घाटना खेलमा १४ जुनमा म्युनिखमा रहेको अलाइन्ज एरिनामा स्कटल्याण्डको सामना गर्नेछ ।
आफ्नो क्लब करियरमा क्रुस पाँचवटा च्याम्पियन्स लिगको उपाधिसँगै बुन्डेस लिगा र ला लिगाको उपाधि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण