आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
न्याय मार्च

सिंहदरबार प्रवेश नपाएपछि मिटर ब्याज पीडितको धर्ना भृकुटीमण्डपमा (तस्बिरहरू)

शुक्रबार, ११ फागुन २०८०, १५ : ३०
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिटर ब्याज पीडितहरू सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना बसेका छन् । शुक्रवार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’मा निस्किएका हुन् ।  

मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो । उनीहरू बुधवार बेलुका थानकोटस्थित पार्कमा बसेका थिए । बिहीबार सिंहदरबार आउने कार्यक्रम भए पनि पानीका कारण रोकिएका उनीहरू शुक्रवार आएका थिए ।

meterbyaj (25)meterbyaj (26)meterbyaj (27)meterbyaj (28)meterbyaj (29)meterbyaj (30)meterbyaj (31)meterbyaj (32)meterbyaj (33)meterbyaj (34)meterbyaj (16)meterbyaj (17)meterbyaj (18)meterbyaj (19)meterbyaj (20)meterbyaj (21)meterbyaj (22)meterbyaj (23)meterbyaj (24)

meterbyaj (4)meterbyaj (5)meterbyaj (6)meterbyaj (7)meterbyaj (8)meterbyaj (9)meterbyaj (10)meterbyaj (11)meterbyaj (12)meterbyaj (13)meterbyaj (14)meterbyaj (15)meterbyaj (1)meterbyaj (2)meterbyaj (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप