बाह्रखरी गल्फ यसवर्ष पोखरामा, विजेतालाई सुनको बल
पोखरा । बाह्रखरी मिडियाले आयोजना गर्दै आएको गल्फ यो वर्ष पोखरामा हुने भएको छ । चैत १ देखि ३ गतेसम्म पोखराको हिमालयन गल्फ कोर्समा आयोजना हुने गल्फमा १२० गल्फर सहभागी हुनेछन् ।
चैत १ गते साइकल र्याली, २ गते र ३ गते गल्फ प्रतियोगिता हुने कार्यकारी अध्यक्ष प्रतिक प्रधानले जानकारी दिए । १८ होलमा खेलाइने प्रतियोगिताको विजेताले सुनको वल जित्नेछन् । होल इन वानले विवाईडीको कार पाउने आयोजकल जनाएको छ ।
गल्फकै समयमा चैत २ गते पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री र मेयरसँग अन्तरक्रिया आयोजना गरिएको छ भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्ने प्रधानले बताए ।
शुक्रबार भएको पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले पोखरा खेल पर्यटन प्रबर्द्धन र विकासमा साथ दिन तयार रहेको बताए । उनले बाह्रखरी गल्फ वर्षेनी पोखरामै गर्न आग्रह गरे ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले वार्षिक क्यालेन्डर बनाएर पोखरामै आगामी वर्षमा पनि गल्फ प्रतियोगिता गर्न सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण