शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बाह्रखरी गल्फ यसवर्ष पोखरामा, विजेतालाई सुनको बल

शुक्रबार, ११ फागुन २०८०, १५ : ४७
शुक्रबार, ११ फागुन २०८०

पोखरा । बाह्रखरी मिडियाले आयोजना गर्दै आएको गल्फ यो वर्ष पोखरामा हुने भएको छ । चैत १ देखि ३ गतेसम्म पोखराको हिमालयन गल्फ कोर्समा आयोजना हुने गल्फमा १२० गल्फर सहभागी हुनेछन् । 

चैत १ गते साइकल र्‍याली, २ गते र ३ गते गल्फ प्रतियोगिता हुने कार्यकारी अध्यक्ष प्रतिक प्रधानले जानकारी दिए । १८ होलमा खेलाइने प्रतियोगिताको विजेताले सुनको वल जित्नेछन् । होल इन वानले विवाईडीको कार पाउने आयोजकल जनाएको छ । 

गल्फकै समयमा चैत २ गते पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री र मेयरसँग अन्तरक्रिया आयोजना गरिएको छ भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्ने प्रधानले बताए । 

शुक्रबार भएको पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले पोखरा खेल पर्यटन प्रबर्द्धन र विकासमा साथ दिन तयार रहेको बताए । उनले बाह्रखरी गल्फ वर्षेनी पोखरामै गर्न आग्रह गरे । 

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले वार्षिक क्यालेन्डर बनाएर पोखरामै आगामी वर्षमा पनि गल्फ प्रतियोगिता गर्न सुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप