सामाजिक सञ्जालले पठन संस्कृति ओझेलमा पार्दैछ : अभिनेता हरिवंश
काठमाडौँ । वरिष्ठ अभिनेता हरिवंश आचार्यले साहित्य बिना समाज नबन्ने भन्दै साहित्य संस्कृतिको जगेर्ना जनप्रतिनिधिको कर्तव्य भएको बताए । शुक्रवार ‘बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८०’को उद्घाटन गर्दै हिजोआज साहित्य र पठन संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको धारणा राखे ।
बुढानीलकण्ठ नगरपालिकाको आयोजनमा आयोजित दुई दिने महोत्सवमा पठन संस्कृतिबारे बोल्दै उनले पठन संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्त्व बुझाउनुपर्ने बताए । उनले साहित्यकारलाई जुटाएर बुढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सद्भाव झल्कने कार्यक्रम गरेकोमा प्रशंसा गरे ।
‘कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन सक्दैन । म र मदनकृष्ण श्रेष्ठको काम पनि सधैँ साहित्यकै नजिक छ’ उनले भने ‘हामी पनि नपत्याउँदो किसिमले साहित्यिक सेवक हौँ ।’
शुक्रवार र शनिवार गरेर दुई दिन चल्ने महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मान समेत गरियो ।
स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सव उद्घाटनमा ७० जना जनप्रतिनिधिहरू सहभागी भएका थिए । स्थानीय सांस्कृतिक झाँकीगाजाबाजाबाट सुरु भएको महोत्सवमा दर्जनौँ राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि लेखक र विज्ञहरूको उपस्थिति रहने बताइएको छ । महोत्सवमा डा. भगवान् कोइराला, मल्ल के. सुन्दरदेखि लक्ष्मी बर्देवा, बुद्धि तामाङ र सुबिन भट्टराईसम्म वक्ताका रूपमा सहभागी हुँदै छन् ।
बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित महोत्सवमा ‘आहा बुढानीलकण्ठ’ र ‘बुढानीलकण्ठ महफिल’जस्ता बुढानीलकण्ठ विशेष सत्र पनि समावेश छन् । स्थानीय र पहिचानका कुरा उठाउने र जगेर्ना गर्ने हेतुले महोत्सवमा म्ह फुलारु, सेवारो, भुइँजसी, फल्चा व चिनाखँ, चुनिख्यँ, नांगसाल, म्हेन्दोजस्ता मौलिक शीर्षकका सत्रहरू छन् ।
दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण