अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौँ । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भएर कास्कीको पोखरा महानगरपालिका बस्ने ३७ वर्षीय विशाल साह कलवार र रुपन्देही घर भएर पोखरा बस्ने २५ वर्षीय इमरान अहमद खान छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले पोखरा महानगरपालिका–११ स्थित फूलबारीबाट उनीहरूलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।
आरोपीहरूले पोखराको सिद्धेश्वर मार्गमा कोठा भाडामा लिएर अवैध कल बाइपास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कल बाइपास गर्न प्रयोग गरिएको १२८ पोर्ट क्षमताको डिभाइस प्रहरीले बरामद गरेको छ । सो कल बाइपास सेन्टर श्रीलंकन नागरिकले सञ्चालन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । श्रीलंकन नागरिक फरार छन् ।
अन्तर्राष्ट्रिय कलको कुनै पनि सेवा शुल्क सञ्चार प्रदायक संस्थाले नपाउने गरी कल बाइपास गर्नेहरूलाई दूरसञ्चार ऐन–२०५३ को दफा ४७ को उपदक्ता–२ अनुसार कारबाही हुन्छ । सो ऐनअनुसार ५ वर्षसम्म कैद र जरिवाना हुने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण