शनिबार, ०१ वैशाख २०८१
ताजा लोकप्रिय

अस्कलमा अनेरास्ववियुका नेता कमल जोशीमाथि आक्रमण, एकजना पक्राउ

शनिबार, १२ फागुन २०८०, ०९ : ०९
शनिबार, १२ फागुन २०८०

काठमाडौं । अनेरास्ववियुका नेता कमल जोशीलाई अज्ञात समूहले आक्रमण गरेका छन् । शुक्रवार साँझ लैनचौर स्थित अमृत साइन्स कलेज (अस्कल) मा आयोजित कार्यक्रम सकेर निस्केका जोशीमाथि आक्रमण भएको हो । 

क्याम्पस अगाडि सडकमा जोशीलाई एउटा समूहले आक्रमण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने–‘आक्रमणमा संलग्न एक जनालाई नियन्त्रणमा लिएका छौँ ।

आक्रमणबाट जोशीको टाउकोमा चोट लागेको छ । अखिलको स्थायी समिति सदस्य जोशी यसअघि अस्कल क्याम्पसको स्ववियु सभापतिमा चुनाव लडेका हुन् । अनेरास्ववियुका अधिकारीहरूले अखिल जोशीमाथि अखिल (क्रान्तिकारी)ले आक्रमण गरेको आरोप लगाएका छन् ।

आक्रमणकारीले उनलाई इट्टा र रड प्रहार गरेका हुन् । घटनाबारे जिल्ला प्रहरी  परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप