शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका दुई पालिका समिति पुनर्गठन

शनिबार, १२ फागुन २०८०, १६ : ३७
शनिबार, १२ फागुन २०८०

धनकुटा । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा धनकुटाको सहिदभूमि गाउँपालिका र इलामको माङ्सेबुङ गाउँपालिका रहेका छन् ।

पार्टीको राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा पालिकामा आयोजित भेलाले टङ्क राईको अध्यक्षतामा २१ सदस्यीय सहिदभूमि गाउँ समिति पुनर्गठन गरेको हो ।

त्यस्तै शुक्रबार माङ्सेबुङको वडा नं ५ मा आयोजित भेलाबाट किसान खजुमको अध्यक्षतामा ३१ सदस्यीय गाउँ समिति पुनर्गठन गरेको छ । कार्यक्रममा पार्टीका कोसी प्रदेश समितिका अध्यक्ष दीपक याक्खा, प्रदेश निर्वाचन आयोगका अध्यक्ष विनोद नेम्बाङ, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सञ्जय मेवाहाङ राईलगायतका नेताहरू उपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप