आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सशस्त्र प्रहरीको पोस्टमा आगलागी, हातहतियार तथा गोलीगट्ठा जलेर नष्ट

शनिबार, १२ फागुन २०८०, १७ : ५७
शनिबार, १२ फागुन २०८०

वीरगन्ज । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले बताए । 

उनले भने, ‘आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ । तर सबै हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको छ ।’ दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ ।  अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ । कति हातहतियार तथा गोलीगगट्ठा क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको बलिरामपुर सशस्त्र प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप