बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

झापामा लागुऔषसहित २ जना पक्राउ

शनिबार, १२ फागुन २०८०, २२ : १७
शनिबार, १२ फागुन २०८०

झापा । झापामा प्रबिन्धित लागुऔषसहित २ जना पक्राउ परेका छन् । जिल्लाको मेचीपुलस्थित लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले लागुऔषसहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ५ बस्ने २४ वर्षीय थामबहादुर विक र सोही ठाउँ बस्ने अर्जुन विक रहेका छन् । शनिबार भारतबाट नेपालतर्फ आइरहेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप