शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सांसद ढकालको प्रश्न– ‘कृषि मन्त्रीलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबार हुल्नुपर्ने हो ?’

आइतबार, १३ फागुन २०८०, १२ : २८
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।  आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कृषि मन्त्रीले किसानका लागि कुनै काम गर्न नसकेको बताए ।  

उनले भने– ‘प्रणय बन्धनका प्रेमिलभन्दा पनि बढी यो गठबन्धन सरकारका कृषि मन्त्री बेदुराम भुसाललाई म प्रश्न गर्न चाहन्छु । तपाई कृषि मन्त्री भएपश्चात् मनलाग्दी नियुक्ति बाहेक तपाईँले गरेको एउटा काम के हो कृषि क्षेत्रको लागि के हो एउटा काम भनिदिनुस् । दूध किसानको हालत उस्तै छ, मिल्क होलिडे सुरु भएको छ, भुक्तानी पाएका छैनन्, अब यो सरकार र कृषि मन्त्रीलाई ब्युँझाउनलाई किसानहरूले पालेका पशु चौपाया ल्याएर सिंहदरबार हुल्दिने हो कि बालुवाटार हुल्दिने हो ? नत्र सरकार ब्युँझिँदैन ।’

उनले किसानले साङ्केतिक रूपमा दूध पोखेर आन्दोलनको तयारी गरेको बताए । सरकारले समस्या नसुन्ने हो भने किसानले गोठबाट पालेका पशु चौपाया सिंहदरबार र बालुवाटार लगेर हुलिदिने र त्यसका लागि सरकारलाई तयार उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप