‘सिटामोल’मा सौगात र बेनिशा श्रीमान्-श्रीमती
काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो ‘सिटामोल’ । फिल्ममा सौगात र बेनिशा रोमान्टिक जोडीको रूपमा देखिने छन् ।
निर्माण युनिटले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा सौगात र बेनिशाको रोमान्टिक अवतार झल्किन्छ । फिल्ममा सौगात र बेनिशा श्रीमान्–श्रीमतीको रूपमा देखिने बताइन्छ ।
फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्मको छायाङ्कन २५ दिन सिन्धुलीमा गरिएको छ । फिल्मको अव काठमाडौँका केही दृश्य र गीतको छायाङ्कन बाँकी रहेको निर्देशक सानेले जानकारी दिए ।
आगामी तीजमा रिलिज लक्ष्य राखिएको फिल्ममा सौगात र बेनिशाको अलावा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेन्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्य राज्यलक्ष्मी डिसीको अभिनय छ । तुलसी देवी फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा जनयुद्धको कथा उठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण