शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिटामोल’मा सौगात र बेनिशा श्रीमान्-श्रीमती

आइतबार, १३ फागुन २०८०, १३ : ५२
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो ‘सिटामोल’ । फिल्ममा सौगात र बेनिशा रोमान्टिक जोडीको रूपमा देखिने छन् ।

निर्माण युनिटले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा सौगात र बेनिशाको रोमान्टिक अवतार झल्किन्छ । फिल्ममा सौगात र बेनिशा श्रीमान्–श्रीमतीको रूपमा देखिने बताइन्छ ।

फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्मको छायाङ्कन २५ दिन सिन्धुलीमा गरिएको छ । फिल्मको अव काठमाडौँका केही दृश्य र गीतको छायाङ्कन बाँकी रहेको निर्देशक सानेले जानकारी दिए ।

आगामी तीजमा रिलिज लक्ष्य राखिएको फिल्ममा सौगात र बेनिशाको अलावा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेन्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्य राज्यलक्ष्मी डिसीको अभिनय छ । तुलसी देवी फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा जनयुद्धको कथा उठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप