मन्त्रीले भेट्न समय नदिएको भन्दै सांसद गौतमको गुनासो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताएकी हुन्।
उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरूलाई आग्रह गरिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरू कसलाई भेट्छन् ? भनी प्रश्न समेत गरिन् ।
उनले भनिन्, ‘पटक पटक मन्त्रालयमा मन्त्री भेट्न आउँछु । भेट्न समय दिनुहुन्न । सांसद, जो जनताको आवाज बोकेर आएको छ, जनताको प्रत्यक्ष मत लिएर आएको छ । सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्ने । मन्त्रीहरूले भेट्छन् चाहिँ कसलाई ? धेरै वटा मन्त्रीहरूलाई भेट्न विषयवस्तु लिएर गयो । जनताहरूका मुद्दाहरू लिएर गयो । भेट्न समय पाइँदैन । प्रत्यक्ष निर्वाचित भएका सांसदहरूलाई भेट्नको लागि, कुरा सुन्न समय छैन भने के गरेर बस्छन् मन्त्रीहरू ? राजीनामा दिए हुन्छ । संघीय संरचनामा प्रदेश भएको हुनाले सहजीकरण हुन्छ भनेर त यो प्रदेशको संरचना ल्याइएको त होला नि । प्रदेशको संरचना भएर झन् धेरै अप्ठ्यारो । आफ्नै ठाउँको काम गर्न पनि चारतिर धाउनुपर्ने भयो । कसले गर्ने हो ? कसैको जिम्मेवारी भएन । यस्तो खालको प्रदेशको संरचना चाहिएन । सुधार्नुपर्छ । यसको मोडेलको बारेमा छलफल गर्नुपर्यो । यस्तो मन्त्रीहरूको काम छैन । यस्तो सरकारको काम छैन । सरकारको काम शून्य भयो । लगभग लगभग यो सरकार असफल भयो । सरकार असफल हो काम गर्न नसक्ने भए राजीनामा दिएर गए हुन्छ ।’
उनले ठुला पार्टीहरू संसद्मा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेका बताइन् । उनले वर्तमान प्रदेश संरचनालाई सुधार्नेतर्फ छलफल केन्द्रित गर्नुपर्ने बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण