अभिनेत्री लक्ष्मी बर्देवाले भनिन्– ‘महिला निर्देशक बन्दा प्रश्न किन ?’
काठमाडौँ । पछिल्लो समय नेपाली सिने र रङ्गमञ्चमा युवा कलाकारको उपस्थिति बाक्लिँदै गइरहेको छ । यो दुवै क्षेत्रमा आफूलाई स्थापित गर्न सफल कलाकार हुन् अभिनेत्री लक्ष्मी बर्देवा र विजय बराल । बुढानीलकण्ठ जारी सांस्कृतिक–साहित्यिक महोत्सव–२०८० को दोस्रो दिन नाङ्साल सेसनमा दुवैले आफ्नो सिने र रङ्गमञ्च यात्राको सम्झना गरे ।
सहजकर्ता केदार श्रेष्ठको कलाकारिता र समाजको समृद्धिको चाहनाको अन्तर र सामीप्यता, कलाकारको जीवनयापन र वर्तमान कला परिवेशको बारेमा प्रश्नहरू सोधेका थिए । दुवै कलाकारले कला क्षेत्र उज्यालो भएरै युवा आकर्षण बढेकोमा सहमति जनाए । तर यो क्षेत्रमा आउन अध्ययन र पर्याप्त तयारीको आवश्यकता रहेकोमा उनीहरूको जोड थियो ।
‘समाजमा भइरहेको परिवर्तनले कलामा प्रत्यक्ष प्रभाव पार्छ । जति जति समाज परिवर्तन हुँदै गयो, त्यसलाई देखाउने कलाकारिता पनि समयअनुसार परिमार्जन भइरहेको हुन्छ’ अभिनेत्री वर्देवाले भनिन् ‘समाजको समृद्धिलाई कला–साहित्यले नै टेवा दिने हो ।’
बरालको धारणा पनि वर्देवासँग मिल्दोजुल्दो थियो, उनले भने, ‘समाजसँगै कलाकारिताको पनि विकास हुँदै जान्छ । समाजमा भौतिक उन्नतिसँगै कलाकारिताको उपयोगितालाई पनि कम आकलन गर्न सकिन्न ।’
सिनेमा र रङ्गमञ्चको प्राविधिक पक्ष फरक भए पनि अभिनयमा भने समानता हुने धारणा बरालको थियो । लक्ष्मीले भने महिला कलाकारले अभिनय गर्दै गर्दा खासै विभेद सहनु नपरे पनि निर्देशकको भूमिकामा आउँदा भने चलचित्र उद्योगभित्रका व्यक्तिलाई स्विकार्न गाह्रो भइरहेको बताइन् ।
उनी भन्छिन्, ‘मैले कलाकार भएर मात्र आउँदा त्यस्तो ठुलो अन्तर हुने रहेनछ । निर्देशक भएर आउँदा महिलाको बुद्धिमाथि नै प्रश्न उठ्ने रहेछ । महिलाको दिमाग यसरी चल्दैन भन्ने हिसाबमा चलचित्र क्षेत्र भित्रकै व्यक्तिहरूले औँला उठाए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण