अभिनेत्री लक्ष्मी बर्देवाले भनिन्– ‘महिला निर्देशक बन्दा प्रश्न किन ?’

काठमाडौँ । पछिल्लो समय नेपाली सिने र रङ्गमञ्चमा युवा कलाकारको उपस्थिति बाक्लिँदै गइरहेको छ । यो दुवै क्षेत्रमा आफूलाई स्थापित गर्न सफल कलाकार हुन् अभिनेत्री लक्ष्मी बर्देवा र विजय बराल । बुढानीलकण्ठ जारी सांस्कृतिक–साहित्यिक महोत्सव–२०८० को दोस्रो दिन नाङ्साल सेसनमा दुवैले आफ्नो सिने र रङ्गमञ्च यात्राको सम्झना गरे ।
सहजकर्ता केदार श्रेष्ठको कलाकारिता र समाजको समृद्धिको चाहनाको अन्तर र सामीप्यता, कलाकारको जीवनयापन र वर्तमान कला परिवेशको बारेमा प्रश्नहरू सोधेका थिए । दुवै कलाकारले कला क्षेत्र उज्यालो भएरै युवा आकर्षण बढेकोमा सहमति जनाए । तर यो क्षेत्रमा आउन अध्ययन र पर्याप्त तयारीको आवश्यकता रहेकोमा उनीहरूको जोड थियो ।
‘समाजमा भइरहेको परिवर्तनले कलामा प्रत्यक्ष प्रभाव पार्छ । जति जति समाज परिवर्तन हुँदै गयो, त्यसलाई देखाउने कलाकारिता पनि समयअनुसार परिमार्जन भइरहेको हुन्छ’ अभिनेत्री वर्देवाले भनिन् ‘समाजको समृद्धिलाई कला–साहित्यले नै टेवा दिने हो ।’
बरालको धारणा पनि वर्देवासँग मिल्दोजुल्दो थियो, उनले भने, ‘समाजसँगै कलाकारिताको पनि विकास हुँदै जान्छ । समाजमा भौतिक उन्नतिसँगै कलाकारिताको उपयोगितालाई पनि कम आकलन गर्न सकिन्न ।’
सिनेमा र रङ्गमञ्चको प्राविधिक पक्ष फरक भए पनि अभिनयमा भने समानता हुने धारणा बरालको थियो । लक्ष्मीले भने महिला कलाकारले अभिनय गर्दै गर्दा खासै विभेद सहनु नपरे पनि निर्देशकको भूमिकामा आउँदा भने चलचित्र उद्योगभित्रका व्यक्तिलाई स्विकार्न गाह्रो भइरहेको बताइन् ।
उनी भन्छिन्, ‘मैले कलाकार भएर मात्र आउँदा त्यस्तो ठुलो अन्तर हुने रहेनछ । निर्देशक भएर आउँदा महिलाको बुद्धिमाथि नै प्रश्न उठ्ने रहेछ । महिलाको दिमाग यसरी चल्दैन भन्ने हिसाबमा चलचित्र क्षेत्र भित्रकै व्यक्तिहरूले औँला उठाए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार