जसपाद्वारा महाधिवेशनका लागि विभिन्न समिति गठन, जिम्मेवारी बाँडफाँड
आइतबार, १३ फागुन २०८०, १९ : ३३
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आसन्न राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले अध्यक्ष यादवको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नीति तथा कार्यक्रम मस्यौदा समिति र विजयकुमार यादवको संयोजकत्वमा आर्थिक श्रोत व्यवस्थापन समिति गठन गरेको छ । त्यस्तै पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभागहरू र धारा ९९ अनुसारका पार्टी संयन्त्रहरू गठन, पुनर्गठन, अद्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण