चेल्सीलाई हराउँदै लिभरपुलाई काराबाओ कपको उपाधि
लण्डन । प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई हराउँदै लिभरपुलले काराबाओ कपको उपाधि हात पारेको छ । वेम्बले मैदानमा भएको खेलको अतिरिक्त समयमा भर्जिल भान डाइकको निर्णायक गोलमा लिभरपुल विजयी बनेको हो ।
घाइते रहेका मोहम्मद शालाह, डार्विन नुनेज र डिओगो जोटाजस्ता खेलाडीबिना मैदानमा उत्रेको लिभरपुलका लागि भान डाइकले खेलको अतिरिक्त समयको ११८ औँ मिनेटमा हेडरमार्फत गोल गरेका थिए । यसअघि उनको गोल अफसाइड भन्दै रद्द गरिएपछि निर्धारित समयको खेल गोलरहित बराबरीका टुङ्गिएको थियो ।
लिभरपुलले यो उपाधि १० औँ पटक हात पारेको हो । यो सिजन योर्गन क्लपको बिदाइअघि टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो । यसमध्ये टोलीले आइतबार एउटा उपाधि जित्न सफल भएको छ ।
उता, चेल्सी र म्यानेजर माउरिसियो पोचेटिन्होका लागि पनि ठुलो धक्का लागेको छ । उनीहरूले वेम्बलेमा खेलिएका लगातार छैटौँ फाइनल खेल गुमाएका छन् । यसमध्ये तीनवटा लिभरपुलसँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण