चेल्सीलाई हराउँदै लिभरपुलाई काराबाओ कपको उपाधि

लण्डन । प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई हराउँदै लिभरपुलले काराबाओ कपको उपाधि हात पारेको छ । वेम्बले मैदानमा भएको खेलको अतिरिक्त समयमा भर्जिल भान डाइकको निर्णायक गोलमा लिभरपुल विजयी बनेको हो ।
घाइते रहेका मोहम्मद शालाह, डार्विन नुनेज र डिओगो जोटाजस्ता खेलाडीबिना मैदानमा उत्रेको लिभरपुलका लागि भान डाइकले खेलको अतिरिक्त समयको ११८ औँ मिनेटमा हेडरमार्फत गोल गरेका थिए । यसअघि उनको गोल अफसाइड भन्दै रद्द गरिएपछि निर्धारित समयको खेल गोलरहित बराबरीका टुङ्गिएको थियो ।
लिभरपुलले यो उपाधि १० औँ पटक हात पारेको हो । यो सिजन योर्गन क्लपको बिदाइअघि टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो । यसमध्ये टोलीले आइतबार एउटा उपाधि जित्न सफल भएको छ ।
उता, चेल्सी र म्यानेजर माउरिसियो पोचेटिन्होका लागि पनि ठुलो धक्का लागेको छ । उनीहरूले वेम्बलेमा खेलिएका लगातार छैटौँ फाइनल खेल गुमाएका छन् । यसमध्ये तीनवटा लिभरपुलसँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा ९ महिनामा १ करोड बढी राजश्व सङ्कलन
-
८० प्रतिशत निर्माण कम्पनी ठेक्काकै बिच कालोसूचीमा
-
कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’