लिगमा रोनाल्डोको ७५० औँ गोल

रियाद । अल नासरले अल शहबाबमाथि ३–२ को जीत हासिल गर्दै साउदी प्रो लिगाको शीर्ष स्थानमा रहेको अल हिलालमाथि दबाब कायम राखेको छ ।
खेलको २१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनको क्लब करियरमा यो ७५० औँ गोल थियो । समग्रमा उनको गोल सङ्ख्या ८७७ पुगेको छ । पहिलो हाफको इन्जुरी समयमा अल शहबाबका लागि यानिक कारास्कोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे ।
तर, दोस्रो हाफको सुरुवातमा नै टालिस्काले गोल गर्दै अल नासरलाई पुनः अग्रता दिलाए । ६७ औँ मिनेटमा कार्लोस जुनियरले अल शहबाबका लागि पुनः बराबरी गोल फर्काए पनि खेलको अन्त्यतिर टालिस्काले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए ।
२१ खेलपछि अल नासर ५२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको अल हिलाल ५६ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ । टोली हालसम्म अपराजित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली
-
कोरियामा नेपाली विद्यार्थीहरू किन समस्यामा पर्छन् ?
-
मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
-
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने तयारी
-
विद्यार्थीहरूलाई गाडीमा अनिवार्य छुट दिन स्ववियु अमृत क्याम्पसको माग
-
देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा