लिगमा रोनाल्डोको ७५० औँ गोल
रियाद । अल नासरले अल शहबाबमाथि ३–२ को जीत हासिल गर्दै साउदी प्रो लिगाको शीर्ष स्थानमा रहेको अल हिलालमाथि दबाब कायम राखेको छ ।
खेलको २१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनको क्लब करियरमा यो ७५० औँ गोल थियो । समग्रमा उनको गोल सङ्ख्या ८७७ पुगेको छ । पहिलो हाफको इन्जुरी समयमा अल शहबाबका लागि यानिक कारास्कोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे ।
तर, दोस्रो हाफको सुरुवातमा नै टालिस्काले गोल गर्दै अल नासरलाई पुनः अग्रता दिलाए । ६७ औँ मिनेटमा कार्लोस जुनियरले अल शहबाबका लागि पुनः बराबरी गोल फर्काए पनि खेलको अन्त्यतिर टालिस्काले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए ।
२१ खेलपछि अल नासर ५२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको अल हिलाल ५६ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ । टोली हालसम्म अपराजित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण