डब्ल्यूपीएलमा मुम्बईको लगातार जित
काठमाडौँ । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल) को डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो जित निकालेको छ ।
पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको मुम्बई इन्डियन्सले आफ्नो दोस्रो खेलमा आइतबार राति गुजरात जाइन्ट्सलाई ५ विकेटले पराजित गर्यो । मुम्बईको जितमा कप्तान हरमनप्रीत कौर र न्यूजिल्याण्डकी युवा अलराउन्डर अमेलिया केरले उत्कृष्ट योगदान गरिन् । पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो । १२७ रनको लक्ष्यको जवाफमा मुम्बईले ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
मुम्बई इन्डियन्सकी कप्तान हरमनप्रीत कौरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । फास्ट बलर शबनम इस्माइलको घातक बलिङका अगाडि गुजरातको शीर्ष क्रम ध्वस्त भएको थियो । शबनमले पहिला वेदा कृष्णमूर्तिलाई शून्य र हरलिन देओललाई ८ रनमा पभेलियन पठाएकी थिइन् । त्यसपछि नेट सिभर ब्रन्टले फोबी लिचफिल्डलाई ८ रनमा र हेली म्याथ्युजले हेमलतालाई ३ रनमा आउट गरिन् ।
पाँचौं विकेटका रूपमा इस्माइलले कप्तान बेथ मुनीलाई २४ रनमा आउट गराइन् । अन्त्यमा क्याथरिन बुरिसको २५ रन र तनुजा कन्वरको २८ रनले गर्दा गुजरातले मुम्बईलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । मुम्बईका लागि मेलिया केरले सर्वाधिक ४ विकेट लिइन् भने शबनमले ३ विकेट हात पारिन् ।
१२७ रनको लक्ष्यको जवाफमा मुम्बईको सुरुवात पनि खराब रहेको थियो । पछिल्लो खेलमा अर्धशतक प्रहार गर्ने यास्तिका भाटिया ७ रन बनाएर आउट भएकी थिइन् भने हेली म्याथ्युजले पनि ७ रन मात्र बनाइन् ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नेट सिभर ब्रन्ट २२ रन बनाएर रनआउट हुँदा कप्तान हरमनप्रीत कौर एक छेउमा अडिग रहिन् र मेलिया केरसँग ६६ रनको महत्वपूर्ण साझेदारी गरिन् । मेलिया केरले ३१ रनको योगदान दिएकी थिइन् । हरमनप्रीत कौरले छक्का प्रहार गर्दै खेलको अन्त्य गरिन् र ४६ रनमा नटआउट रहिन् । गुजरातका लागि तनुजा कन्वरले सर्वाधिक २ विकेट लिइन् ।
डब्ल्यूपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र युपी वारियर्सबीच प्रतिस्पर्धा हुने छ । दुवै टिम पहिलो जितको खोजीमा हुने छन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण