चुनावका बेला बोलेको एउटा काम पुरा भएको छ : उपप्रधानमन्त्री खड्का
सोमबार, १४ फागुन २०८०, १४ : ०७
कालिकोट । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका बेला प्रधानमन्त्री र आफू सम्बोधन गर्न आएका बेला बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताएका छन् । सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन गर्दै खड्काले सो कुरा बताएका हुन् ।
उनले कर्णालीको विकासमा राजनीतिक गर्न नहुने समेत बताए । उनले भने, ‘कर्णालीको विकासमा राजनीतिक गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुको प्रमुख सडकहरु बनाउनेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरुमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ।’
उनले १०–१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताउँदै त्यो हिसाबले सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । खड्काले अब प्रत्येक हप्ता कालिकोटबाट सुर्खेत एकपटक जहाज उड्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण