सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुटर चोरीमा संलग्न युवक पक्राउ

सोमबार, १४ फागुन २०८०, १९ : ५७
सोमबार, १४ फागुन २०८०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नं. ११ बस्ने २१ वर्षीय विष्णु भट्टराई रहेका छन् ।

गत फागुन ११ गते बनेपा नगरपालिका-७ स्थित चार दोबाटो चोकबाट दिउँसो पार्किङ गरेको स्थानबाट बा.प्र.०२-०२५ प ५५९५ नं. को रातो रङ्गको होण्डा डीयो कम्पनीको स्कुटर हराएको थियो ।  यसबारे इलाका प्रहरी कार्यालय बनेपामा सूचना प्राप्त हुन साथ सो क्षेत्र आस पासका सी.सी. क्यामेराको फुटेजको सूक्ष्म विश्लेषण तथा अनुसन्धान पश्चात् उक्त स्कुटर चोरी गरी लाने व्यक्तिको पहिचान गरिएको थियो । 

उनको खोजतलास गर्ने सन्दर्भमा फागुन १२ गते जिल्ला धादिङ थाक्रे गाउँ पालिका वडा नं. ६ महादेववेशीबाट धादिङ प्रहरीसँगको समन्वयमा उक्त स्कुटर चोरीमा संलग्न भट्टराई तथा चोरीको स्कुटरसमेत बरामद गरिएको थियो । उनलाई चोरी कसुरमा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन ५ (पाँच) को म्याद थप अनुमति भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप