स्कुटर चोरीमा संलग्न युवक पक्राउ
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नं. ११ बस्ने २१ वर्षीय विष्णु भट्टराई रहेका छन् ।
गत फागुन ११ गते बनेपा नगरपालिका-७ स्थित चार दोबाटो चोकबाट दिउँसो पार्किङ गरेको स्थानबाट बा.प्र.०२-०२५ प ५५९५ नं. को रातो रङ्गको होण्डा डीयो कम्पनीको स्कुटर हराएको थियो । यसबारे इलाका प्रहरी कार्यालय बनेपामा सूचना प्राप्त हुन साथ सो क्षेत्र आस पासका सी.सी. क्यामेराको फुटेजको सूक्ष्म विश्लेषण तथा अनुसन्धान पश्चात् उक्त स्कुटर चोरी गरी लाने व्यक्तिको पहिचान गरिएको थियो ।
उनको खोजतलास गर्ने सन्दर्भमा फागुन १२ गते जिल्ला धादिङ थाक्रे गाउँ पालिका वडा नं. ६ महादेववेशीबाट धादिङ प्रहरीसँगको समन्वयमा उक्त स्कुटर चोरीमा संलग्न भट्टराई तथा चोरीको स्कुटरसमेत बरामद गरिएको थियो । उनलाई चोरी कसुरमा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन ५ (पाँच) को म्याद थप अनुमति भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण