रौतहटमा दूध किसानले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
रौतहट । रौतहटस्थित दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले जिल्ला प्रशासन कार्यालय गौरमा विभिन्न १० सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सो सहकारी संस्थाले सोमबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको हो ।
जिल्लाका किसानहरूले उत्पादन गरेको दूध विभिन्न सहकारी संस्थामा मार्फत सङ्कलन गरी दूग्ध विकास संस्थान हेटौँडा, दूग्ध वितरण आयोजना र निजी दूग्ध व्यवसायीहरूलाई बिक्री गर्दै आएको तर ६ महिनादेखि भुक्तानी नपाएको उनीहरूको गुनासो छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले १० बुँदे मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको बताए । नेपाल सरकारद्वारा तोकिएको मूल्य भन्दा कम मूल्य तोक्ने, नियमित रूपमा दूध खरिद नगर्ने, खरिद गरेको दूधको ६ महिनाको ९ करोड रुपैयाँ बक्यौता उपलब्ध नगराउने लगायतका किसानमाथि अन्याय हुने काम भएकोले बाध्य भएर अगाडि बढ्नु परेको अध्यक्ष अधिकारीले बताए।
केन्द्रीय दूध सहकारी सङ्घ लिमिटेडमार्फत दूग्ध उत्पादक कृषकहरूले दूध विक्री बापत रकम भुक्तानीका विषयमा नेपाल सरकारसँग गत मङ्सिर २६ मा सम्झौता गरेका थिए । तर सहमति कार्यान्वयन नहुँदा जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले नेपाल सरकारको ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझाएको अध्यक्ष अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण