आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सुरक्षा

मिटरब्याज पीडितसँग सरकार डराएकै हो ?

सिंहदरबारको फुटपाथमा सर्वसाधारणलाई हिँडडुलमा रोक
मङ्गलबार, १५ फागुन २०८०, १० : ५४
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । सरकारले सिंहदरबारको फुटपाथमा आजबाट हिँडडुल गर्न रोक लगाएको छ । सिंहदरबारसँगै टाँसिएको फुटपाथ डोरी टाँगेर विपरीत दिशाको फुटपाथ प्रयोग गर्न भनिएको छ ।

कडा सुरक्षाबिच पनि सोमबार मिटरब्याजी पीडितहरू एकाएक संसद् भवन बानेश्वरमा छिरेर नाराबाजी गरेपछि अल्तालिएको सरकारले  निषेधित क्षेत्र भएकाले विपरीत दिशाको फुटपाथ प्रयोग गर्न सर्वसाधारणसँग अपिल गरेको हो । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सिंहदरबार परिसर पहिल्यैदेखि निषेधित क्षेत्र भए पनि सर्वसाधारणलाई असुविधा हुने देखिएकाले हिँडडुल गर्न दिइए पनि अब कडाइ गरिने बताए । सरकार मिटरब्याजीपीडितसँग डराएको हो ? भन्ने प्रश्नमा उनले रातोपाटीसँग भने, ‘डराउने/नडराउने भन्दा पनि हिजो संसद् भवन परिसरमा जे हुन नहुने थियो, त्यो भयो । त्यो घटना आफैँमा संवेदनशील थियो । अब हामी काठमाडौँका निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्छौँ ।’

उनले मिटरब्जाजी पीडितका सन्दर्भमा मातहत गृह मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।

nishad

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप