मिटरब्याज पीडितसँग सरकार डराएकै हो ?
काठमाडौँ । सरकारले सिंहदरबारको फुटपाथमा आजबाट हिँडडुल गर्न रोक लगाएको छ । सिंहदरबारसँगै टाँसिएको फुटपाथ डोरी टाँगेर विपरीत दिशाको फुटपाथ प्रयोग गर्न भनिएको छ ।
कडा सुरक्षाबिच पनि सोमबार मिटरब्याजी पीडितहरू एकाएक संसद् भवन बानेश्वरमा छिरेर नाराबाजी गरेपछि अल्तालिएको सरकारले निषेधित क्षेत्र भएकाले विपरीत दिशाको फुटपाथ प्रयोग गर्न सर्वसाधारणसँग अपिल गरेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सिंहदरबार परिसर पहिल्यैदेखि निषेधित क्षेत्र भए पनि सर्वसाधारणलाई असुविधा हुने देखिएकाले हिँडडुल गर्न दिइए पनि अब कडाइ गरिने बताए । सरकार मिटरब्याजीपीडितसँग डराएको हो ? भन्ने प्रश्नमा उनले रातोपाटीसँग भने, ‘डराउने/नडराउने भन्दा पनि हिजो संसद् भवन परिसरमा जे हुन नहुने थियो, त्यो भयो । त्यो घटना आफैँमा संवेदनशील थियो । अब हामी काठमाडौँका निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्छौँ ।’
उनले मिटरब्जाजी पीडितका सन्दर्भमा मातहत गृह मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण