‘ह्रस्व दीर्घ’को पोस्ट प्रोडक्सनमै अमेरिका राइट बिक्री
काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको फिल्म हो ‘ह्रस्व दीर्घ’ । फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । फिल्मको रिलिज मिति अागामी असोज ११ बताइएको छ । नेपाली र साउथ कलाकारको अभिनय रहेको फिल्म प्रोडक्सन नसकिँदै अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्री भएको छ । निर्माण युनिटले फिल्मको यी दुई प्रदर्शन अधिकार रमेश भट्टको एभ्रेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ–पिक इन्टरटेन्मेन्टले संयुक्त रूपमा लिएको जानकारी दियो ।
नेपाली तथा तेलेगु भाषामा रिलिज हुने फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा दक्षिण भारतीय कलाकार ब्रम्हानन्दम, विजय रावतको समेत अभिनय छ ।हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर र निताका अलावा बिपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रवीन्द्र झालगायत नेपाली कलाकारको अभिनय छ ।
रिमा गरिदैं आइएको छ। सिनेमा आगामी वर्षको दसैँको पूर्वसन्ध्यमा असोज ११ गते रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण