बिक्री खुलेको दुई दिनमै सर्वोत्तमको आईपीओमा ८ गुणा बढी आवेदन
मङ्गलबार, १५ फागुन २०८०, ११ : ३६
काठमाडौं । पहिलोपटक बुक बिल्डिङमार्फत खुलेको सर्वोत्तम सिमेन्टको साधारण सेयर (आईपीओ)मा दुई दिनको अवधिमा नै मागभन्दा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)का अनुसार सोमबार साँझ ५ बजेसम्मको अवधिमा ४ लाख ७ हजारभन्दा धेरैले आवेदन दिएका हुन् ।
ती आवेदकले २ करोड २२ लाख कित्ताभन्दा धेरै सेयर माग गरेका छन् । यो बिक्री खुलाइएको कूल सेयरभन्दा ८ गुणाले बढी हो । कम्पनीले यही फागुन १३ देखि १६ गतेसम्मको अवधिका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री खुलाएको छ । यो कम्पनीको आईपीओमा आवेदकले कम्तीमा ५० कित्ता आवेदन दिनुपर्छ ।
र, यो परिणामको सेयरमा आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ आवश्यक पर्छ । कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ खुलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण