नेपालविरुद्ध नामिबियाले बनायो १० ओभरमा ६० रन
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको नेपालविरुद्धको पहिलो खेलमा नामिबियाले १० ओभरमा दुई विकेट गुमाएर ६० रन बनाएको छ । नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगर २१ र चौथो नम्बरका ब्याट्सम्यान जन फ्राइलिंक पाँच रन बनाउँदै क्रिजमा छन् । नामिबियाको रन रेट ६.०० रहेको छ ।
नामिबियाको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् । उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिनगेनलाई २० रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । करणले उनलाई गुलसन झाद्वारा क्याच गराएका हुन् । छैटौँ ओभरको अन्तिम बलमा माइकल आउट हुँदा नामिबियाले ३६ रन बनाएको छ ।
नामिबियाको दोस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान जिन पियर कोट्जीलाई बिवेक यादबद्वारा क्याच गराएका थिए । बिवेकले बाउन्ड्री रोपनजिकै उत्कृष्ट क्याच लिएका थिए । पेभेलियन फर्किनुअघि कोट्जीले ११ रन बनाएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा नामिबियाले ४९ रन बनाएको थियो । नामिबियाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण