मुख्यमन्त्रीका कारण वर्तमान व्यवस्थाको अन्त्य हुने अवस्था आयो : उद्धव थापा
काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीका कारण वर्तमान व्यवस्थाको अन्त्य हुने अवस्था आएको बताएका छन् । मुख्यमन्त्रीका कारण नागरिकहरुमा वर्तमान व्यवस्थाप्रति वितृष्ण बढिरहेको उनले बताए ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता थापाले सरकारले संसद्लाई उपेक्षा गरिरहेको र संसदमाथि सरकार हाबी भएको टिप्पणी गरे । नागरिकहरुको नैरास्यता बढ्दो क्रममा रहेको उनले बताए । सरकार र सरकारमा रहेका मन्त्रीहरुले काम गर्न सकेको अवस्था नहरहेको उनको भनाई छ । उनले देश आर्थिक रुपमा तहशनहस हुने अवस्थामा पुगेको बताए । सरकारले किसानहरुलाई पलायन हुने अवस्थामा पुर्याउन खोजेको उनले बताए । सरकारले पंखा घुमाएजस्तै प्रतिपक्षलाई घुमाएको उनले बताए ।
‘आर्थिक संकटको असर लघुवित्तबाट सुरु भए । बिस्तारै बैंकहरुमा प्रवेश गरेको छ । भ्रष्टाचारको जालोले जरो गाडेर बसको छ । सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन । सरकारले बजेट विनियोजनमा विभेद गरेको छ । संसदबाट बजेट विनियोजनमा विभेद भयो भन्न नपाउने । सरकारले संविधान कार्यान्वयनमा संसदीय समिति बनाएर अघि बढ्नु पर्ने हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण