जापान जान तीन लाख खर्च गरिसकेका युवाले वडा सदस्य जितेपछि ...
गुल्मी– गुल्मीका एक युवाले वडा सदस्यमा विजयी भएपछि बैदेशिक रोजगारमा जाने अन्तिम तयारी रद्द गरेका छन् ।
गत एक वर्षदेखि कुक भिसामा जापान जाने धौडधुप र झण्डै तीन लाख रुपैयाँ खर्च गरिसकेका रेसुङ्गा नगरपालिका वडा नम्वर–८ का ३० वर्षीय नविन श्रेष्ठले त्यस वडाको सदस्य पदमा विजयी भएपछि जापान जाने पहिल्यैदेखिको सपना त्याग गरेका हुन् ।
श्रेष्ठ जापान जाने तयारीका लागि बुटवलमा कुक तालिम सकेर भिषा एप्लाई गरी भिसा कुरेर बसेका थिए । तर श्रेष्ठलाई एक्कासी नेपाली कांग्रेसले खुल्ला सदस्यको उमेदवार बन्न आग्रह गरेपछि नकार्न सकेनन् । ‘पार्टीले अवसर दिएपछि उठौन त, जिते बसौंला नजिते जाउँला भनेर चुनाव लडियो,’ श्रेष्ठले भने– ‘जनताले जिताई सकेपछि अपमान गर्ने कुरै भएन, त्यसैले जापान जाने तयारी रद्द गरेको हुँ ।’
उनी त्यस वडा नम्वर ८ मा खुल्ला सदस्यका लागि नेकपा एमालेका उमेदवार महेश काउछा संग प्रतिष्पर्धी थिए । काउछाले ३९४ मत ल्याएका थिए भने श्रेष्ठले ४०९ मल ल्याएर विजयी भएका हुन् ।
उनी रेसुङ्गा सामुदायिक प्रहरी, रेसुङ्गा सरफाई तथा फोहर व्यवस्थापन समितिमा आबद्ध छन् । उनी अनटेष्ट युवा क्लवको निर्वतमान अध्यक्ष रहँदा रहँदै जापान जाने अन्तिम तयारी गर्दै थिए । उनले आफुलाई जिताएर विदेश जानबाट रोक्ने वडावासीलाई धन्यबाद समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण