दक्षिण कोरियामा डाक्टरहरुको हडतालबिच एक महिलाको मृत्यु
सोल । दक्षिण कोरियामा डाक्टरहरूको हडताल चलिरहेको छ । हडतालबिच अस्पतालहरूले बिरामी लिन नमानेपछि ८० वर्षीय वृद्धाको एम्बुलेन्समै मृत्यु भयो । मृत्युको कारण हृदयघात बताइएको छ ।
एम्बुलेन्सले वृद्धालाई भर्ना गर्न अनुरोध सहित भन्दै ७ ओटा अस्पताललाई फोन गरेको थियो । तर कर्मचारी र शय्याको अभाव भन्दै कसैले पनि वृद्धालाई भर्ना गर्न मानेनन् । पहिलो पटक मद्दतका लागि फोन गरेको ६७ मिनेटपछि बल्ल एउटा सरकारी शिक्षण अस्पताल वृद्धालाई भर्ना गर्न तयार भयो । तर त्यतिबेलासम्म वृद्धाको मृत्यु भइसकेको थियो । यो घटनालाई कोरियाको सञ्चार माध्यमहरुले व्यापक रुपमा प्रचार प्रसार गरिरहेका छन् ।
डाक्टरहरूको हडतालका कारण बिरामीको मृत्यु भएको यो पहिलो घटना भएको बताइएको छ । यस मामिलामा सरकारले छानबिन सुरु गरेको छ । चिकित्सकहरूको संख्या बढाउन तालिम दिने सरकारी योजनाको विरोधमा गएको हप्तायता कोरियामा करिब ७० प्रतिशत कनिष्ठ डाक्टरहरू हडतालमा छन् । प्रतिस्पर्धा चर्किने भयमा प्रशिक्षार्थी र रेसिडेन्ट डाक्टर सरकारको सो योजना विरुद्ध हडताल गरिरहेका छन् ।
अस्पतालहरूले आकस्मिक बाहेकको सेवा बन्द गरेपछि अस्पतालका आकस्मिक कक्षमा बिरामीको चाप बढेको छ । शल्यक्रियालाई पछाडि सारिएको छ । एम्बुलेन्सलाई बिरामी भर्ना दिइदिने अस्पताल भेट्नै मुस्किल भइरहेको छ । देशभरका सयौँ अस्पतालमा ९ हजारभन्दा धेरै डाक्टर काममा फर्किन अस्वीकार गरिरहेका छन् । करिब १० हजारले राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण