आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशद्वारा रक्तदान

मङ्गलबार, १५ फागुन २०८०, १९ : २७
मङ्गलबार, १५ फागुन २०८०

विराटनगर । सहिद सप्ताह (बलिदान दिवस) तथा  स्वास्थ्य सेवा दिवसको अवसरमा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशले रक्तदान कार्यक्रम गरेको छ । 

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ प्रदेश र जिल्ला समिति सुनसरीको संयुक्त आयोजना एवं जिल्ला अस्पताल इनरुवाको सहयोगमा रक्तदान गरिएको हो । 

रक्तदानमा ८५ पिण्ट रगत रंकलन भएको महासंघकी केन्द्रीय उपाध्यक्ष तथा  कोशी  प्रदेश इन्चार्ज अन्जना पोख्रेलले जानकारी दिइन् । हरेक वर्ष महासंघले रक्तदानको कार्यक्रम गर्दै आएको उनको भनाइ छ । रक्तदानमा सशस्त्र प्रहरी तथा जनस्वास्थ्यकर्मीहरु सहभागी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप