चितवनमा पूर्वयुवराज पारसले ‘पेस्तोल ताकेको’ भनिएको घटना के हो ?
काठमाडौँ । पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ फर्किसकेका छन् ।
गैंडाकोटमा रहेका पारसले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् ।
भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताले दाबी गरेका छन् । तर, प्रहरीले सो घटना आफ्नो नोटिसमा नभएको जानकारी दिएको छ ।
चितवनका एसपी भावेश रिमालले घटनाबारे जानकारी नभएको बताए । एसपी रिमाल भन्छन्,‘घटना हाम्रो नोटिसमा छैन ।’
बागमती प्रदेशका डीआईजी विष्णु केसीले पनि सो घटना प्रहरीको जानकारीमा नभएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै केसीले भने,‘भरतपुरमा कसैले पेस्तोल देखाएर हिँडेको घटना हामीलाई थाहा भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण