फिल्म ‘काँडेतार’ले चलायो रत्नपार्कमा हस्ताक्षर अभियान
काठमाडौँ । २५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘काँडेतार’ । निर्माण युनिटले सिमा रक्षाका लागि देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन अभिनयान गरेको छ ।
फिल्मका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानको मंगलबार रत्नपार्कमा हस्ताक्षर संकलन गरिएको छ । जसमा उल्लेख्य सर्वसाधारणले हस्ताक्षर गरेका छन् । हस्ताक्षरको क्रममा सर्वसाधारणले सिमा रक्षाका लागि कलमको मसीले मात्र नभएर रगतले समेत हस्ताक्षर गर्न तयार रहेको बताएको नवल खड्काले बताए । ‘काँडेतार’को विशेष शो गर्दा देशभरबाट संकलन गरेको एक लाख हस्ताक्षरमा रत्नपार्कमा थप गरिएको हो । संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको खड्काले जानकारी दिए ।
‘काँडेतार’ राष्ट्रिय भावनामा आधारित फिल्म हो । सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको फिल्म खड्काले नै निर्देशन गरेका हुन् ।
फिल्ममा नवलका अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काको अभिनय छ । सामना फिल्मस प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले मिलेर गरेका हुन् ।
मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई, नादिया खड्का र सनया खड्का हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण