त्रिकोणात्मक टी–२० शृंखला : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्ने
बुधबार, १६ फागुन २०८०, ०६ : ४६

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदै छ । हिजो नामिबियासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।
नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।
आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाललाई नामिबियाले नेपाललाई २० रनले हराएको थियो । टस जिती पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ८६ रनमात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन