त्रिकोणात्मक टी–२० शृंखला : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्ने
बुधबार, १६ फागुन २०८०, ०६ : ४६
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदै छ । हिजो नामिबियासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।
नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।
आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाललाई नामिबियाले नेपाललाई २० रनले हराएको थियो । टस जिती पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ८६ रनमात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण