नेदरल्यान्ड्सलाई हराउन नेपालले १८५ रन बनाउनुपर्ने
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लिभेटले अर्धशतकीय पाली खेले । उनले ५४ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि टोलीको खातामा अविजित ४९ रन थपे । उनले केवल ३८ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
नेदरल्यान्ड्सले अतिरिक्त रूपमा १३ रन पायो । कप्तान स्कट एडवार्डसले ३३ रन बटुले । तेजा निदामानुरुले पनि टोलीको खातामा ३१ रन थपे । नेपाली टोलीका बलर करण केसी र कुशल मल्लले एक(एक विकेट लिए ।
पहिलो विकेटका रूपमा नेदरल्यान्ड्सले ओपनर ब्याट्सम्यान म्याक्स ओ’डडलाई चारको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनको विकेट नेपाली बलर करण केसीले लिएका थिए । करणले उनलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । २.१ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले १५ रन बनाएको थियो ।
नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाएका थिए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सले तेस्रो विकेटका रूपमा स्कट एडवार्डसलाई गुमाएको थियो । टोलीको कप्तानसमेत रहेका स्कट १६ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी रन आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले उपलब्ध गराएको बलमा उनलाई विकेटकिपर आसिफ शेखले रन आउट गराएका थिए । १३औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेदरल्यान्डले एक सय २३ रन बनाएको थियो ।
नेदरल्यान्ड्सले चौथो विकेटका रूपमा तेजा निदामानुरुलाई गुमाएको थियो । उनी रन आउट हुँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले केवल २४ बलमा तीन चौकाको मद्दतले ३१ रन बनाएका थिए । उनलाई सन्दीप जोराखले उपलब्ध गराएको बलमा विकेटकिपर आसिफ शेखले रन आउट गरेका थिए । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण