पोखराबाट अन्तर्राष्ट्रिय उडान गराउन गण्डकी संसदमा एमालेले दर्ता गर्यो संकल्प प्रस्ताव
पोखरा । अघिल्लो वर्ष उद्घाटन भएर पनि अन्तर्राष्ट्रिय उडान भर्न नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन गण्डकी एमालेले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ ।
चिनियाँ कम्पनीले निर्माण गरेर अघिल्लो वर्षको मध्ये पुसमा विमानस्थल उद्घाटन गरिएको थियो । तर हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
एमालेले बुधवार संसद् सचिवालयमा यसबारे संकल्प प्रस्ताव नै दर्ता गरेको हो । एमाले सचेतक देवका पहारीले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली मार्फत संसद् सचिव हरिराज पोखरेललाई प्रस्ताव पठाएकी हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गण्डकी प्रदेशको गौरव भएपनि चार्टर विमान बाहेक अन्तर्राष्ट्रिय जहाजहरूले उडान र अवतरण गरेका छैनन् । ‘हालसम्म केही चार्टर विमान बाहेक कुनै पनि नियमित व्यवसायीक उडान हुन सकेको छैन,’ प्रस्तावमा भनिएको छ, ‘यस विमानस्थलबाट नियमित व्यवसायीक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुको विकल्प हामी सँग छैन । आवश्यक एयर सर्भिस एग्रिमेण्ट लगायत अन्य पूर्वाधार निर्माण गरी नेपाल एयरलाइन्सको जहाज मार्फत यथाशीघ्र नियमित उडान गराउन यो संकल्प प्रस्ताव दर्ता गर्दछु ।’
विमानस्थल चीनको एक्जिम बैंकको ऋण सहयोग लिएर २१५.९६५ मिलियन डलर अर्थात् २२ अर्ब रुपैयाँमा निर्माण गरिएको हो । एमालेले कम्तीमा नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न र बिस्तारै अन्य विदेशी जहाज कम्पनीलाई पनि आकर्षित गर्न नेपाल सरकारले प्रक्रिया थाल्नुपर्ने माग राखेको छ । संकल्प प्रस्तावलाई सभामुखले आवश्यक छलफल गरेर स्वीकार गरेपछि मात्रै संसदमा पेश हुन्छ । संसद् नियमावली अनुसार सचिवले दर्ता गरेको ७ दिनपछि मात्रै संसदमा छलफल हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण