‘टाँक’को फष्टलुक्समा प्रियंकाको गाउँले लुक्स
बुधबार, १६ फागुन २०८०, १४ : २२
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको सर्ट फिल्म हो ‘टाँक’ । ‘टाँक’को फष्टलुक्स सार्वजनिक भएको छ ।
फष्टलुक्समा पनि प्रियंका आफैँ देखिएकी छन् । पोष्टरमा प्रियंकालाई दुर्गम गाउँको दुःखी विवाहित महिलाको रुपमा चित्रण गरिएको छ । धादिङमा छायांकन भएको ‘टाँक’लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।
प्रियंका अहिले दुई फिचर फिल्म रिलिजको तयारीमा छिन् । उनले यो ‘टाँक’ अन्तर्राष्ट्रिय महोत्सवमा पठाउने गरेर निर्माण गरेकी हुन् । ‘टाँक’ प्रियंकाकै कम्पनी आयंका फिल्मसबाट निर्माण भएको हो ।
फिल्ममा प्रियंकाका अलवा रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, ‘प्रकाश’ अभिनेत्री रेनु योगी लगायतको अभिनय छ । निर्देशक भुटियाकै लेखन र सम्पादन रहेको ‘टाँक’को निर्माता प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण