मानुषी लघुवित्त र सृजनशील लघुवित्तबिचको मर्जर सम्झौता भाँडियो
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाबिचको मर्जर प्रक्रिया भाडिएको छ । दुई संस्था मध्येको एक मानुषी लघुवित्त वित्तीय संस्थाले मर्जर पार्टनर सृजनशील लघुवित्तको वित्तीय स्थिति ठिक नभएको आरोप लगाउँदै मर्जर सम्झौता तोडको घोषणा गरेको हो ।
यी दुई कम्पनीले गत चैत २, २०७९ मा मर्जरमा जाने भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा दुई संस्थाले गरेको गृहकार्य पश्चात् २०८० पुस ११ गते अन्तिम सम्झौता भई अन्तिम स्वीकृति प्राप्त गर्नका लागि यी दुवै संस्थाले २०८० माघ ७ गते नियामक राष्ट्र बैंकसमक्ष निवेदन दिएका थिए ।
तर, मर्जर गर्नै लागेको सृजना लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था सन्तोषजनक नदेखिएको हुँदा सो वित्तीय संस्थासँग यथास्थितिमा मर्जरको प्रक्रिया अगाडि बढाउने अवस्था नदेखिएको भन्दै मानुषी लघुवित्तले डिमर्ज प्रक्रिया अघि बढाइदिन नियामक नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण