शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

'निजी क्षेत्रले भ्रष्टाचार गर्दा हुन्छ भन्न खोजिएको हो ?'

बिहीबार, १७ फागुन २०८०, १२ : ३२
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद् रघुजी पन्तले ठुला उद्योगपति र व्यवसायीकै  संलग्नतामा  भ्रष्टाचार घटना घटेको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।  राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै पन्तले निजी क्षेत्रलाई भ्रष्टाचारको मुद्दामा जुनसुकै देश कारबाही गर्ने गरिएको दृष्टान्त सुनाए । 

निजी क्षेत्रले भ्रष्टाचार गरे पनि  हुन्छ भन्न खोजिएको हो ?  लोभ्याउने, भ्रष्टाचारमा प्रेरित गर्ने काम निजी क्षेत्रबाट पनि हुन सक्छ। उनीहरूलाई कारबाही गर्नुहुँदैन भन्ने कुरा न्यायसङ्गत हुन्छ र  ? उनले भने । 

वर्षौँदेखि सरकारी जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिएको छ ।  ठुला उद्योगपति तथा पैसा भएकालाई कानुन नलाग्ने र पैसा नभएकाहरूलाई मात्रै कानुन लाग्ने कुरा स्वीकार्य नहुने उनले बताए । यसमा व्यवसायीहरूले आफ्नो स्वार्थ मात्र हेर्न नहुने पन्तले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप