'निजी क्षेत्रले भ्रष्टाचार गर्दा हुन्छ भन्न खोजिएको हो ?'
काठमाडौँ । नेकपा एमालेका सांसद् रघुजी पन्तले ठुला उद्योगपति र व्यवसायीकै संलग्नतामा भ्रष्टाचार घटना घटेको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै पन्तले निजी क्षेत्रलाई भ्रष्टाचारको मुद्दामा जुनसुकै देश कारबाही गर्ने गरिएको दृष्टान्त सुनाए ।
निजी क्षेत्रले भ्रष्टाचार गरे पनि हुन्छ भन्न खोजिएको हो ? लोभ्याउने, भ्रष्टाचारमा प्रेरित गर्ने काम निजी क्षेत्रबाट पनि हुन सक्छ। उनीहरूलाई कारबाही गर्नुहुँदैन भन्ने कुरा न्यायसङ्गत हुन्छ र ? उनले भने ।
वर्षौँदेखि सरकारी जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिएको छ । ठुला उद्योगपति तथा पैसा भएकालाई कानुन नलाग्ने र पैसा नभएकाहरूलाई मात्रै कानुन लाग्ने कुरा स्वीकार्य नहुने उनले बताए । यसमा व्यवसायीहरूले आफ्नो स्वार्थ मात्र हेर्न नहुने पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण