बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति

बिहीबार, १७ फागुन २०८०, १३ : २०
बिहीबार, १७ फागुन २०८०

मकवानपुर । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् । बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार विवाद समाधानका लागि सबै दलहरूको प्रतिनिधित्व हुने गरी आजै एउटा समिति गठन गर्ने सहमति भएको छ । समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउनुपर्नेछ । समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने पौडेलले रातोपाटीलाई जानकारी दिए ।

दलहरूबिच सहमति बनेसँगै बागमती प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । बैठक बिहान साढे ११ बजेलाई बोलाए पनि बस्न सकेको थिएन । आजको बैठकले समितिका सदस्यहरू पनि चयन गर्ने पौडेलको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप