आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद अर्यालको प्रश्न : सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित नै बस्नुपर्ने हो ?

बिहीबार, १७ फागुन २०८०, १३ : ४५
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । 
बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले जनताले बनाएका संरचनाहरुमा प्रयोग हुने छडजन्य सामग्रीहरुको गुणस्तर मापन हुन नसकेको बताए । उनले सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरु नागरिकहरुले संरचना बनाउँदै प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराए । 

उनले जनतालाई गुणस्तरहीन सामग्रीहरु बेच्नेकुरा सरकार बिहीन जस्तो अनुभुति भएको बताए । उनले सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको पनि बताए ।  गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘हामीले मजदुरलाई गरेको व्यवहारले धेरै नै दूरगामी असर पर्नेछ । कुनै पनि देशको नागरिक किन नहोस् यो देशमा आएर काम गरिसकेपछि त्यो नागरिकमाथि हताहत हुन्छ भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्नेमा हामीले गुपचुप राख्छौँ भने यति संवेदनशील विषय समितिमा उठ्छ भने यो विषयमा बहुत संवेदनशील भएर ध्यान दिनुपर्छ । सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति भयो ।’

उनले नेपालमा आइ काम गरिसकेपछि मजदुरहरुलाई राज्यले गर्ने व्यवहारले दूरगामी असर पर्ने भन्दै सोबारेमा पनि आवश्यक ध्यान दिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप