‘एक्टर’मा दिलीपकी छोरी दिव्या प्रदीपको जोडी
काठमाडौँ । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रूपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबिच फिल्मका लागि कागजी सम्झौता भएको छ ।

निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन् ।
फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ । राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।
फिल्मको छायाङ्कन वैशाख पहिलो साताबाट सुरु हुनेछ । फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण