एक्समा फोन कल र भिडियो कलिङको सुविधा
काठमाडौँ । एलन मस्कको स्वामित्वमा रहेको माइक्रो ब्लगिङ वेबसाइट एक्स (पहिलेको ट्विटर)मा पछिल्लो समय एक पछि अर्को गर्दै फिचर थपिएका छन् । एक्स प्रयोगकर्ताहरूले प्लेटफर्मबाट फोन कल र भिडियो कल गर्न सक्नेछन् ।
खास कुरा त के छ भने यसका लागि एक्सको प्रिमियम पनि किन्नु पर्दैन । यस अघि कम्पनीले यो सुविधा प्रिमियम युजरहरूलाई मात्रै दिएको थियो । अब सबै एक्स प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराइएको छ । यसले मेटाको ह्वाट्सएपजस्ता सेवालाई कडा टक्कर दिने अपेक्षा कम्पनीको छ ।
‘हामीले बिस्तारै बिस्तारै प्रिमियम चलाउने बाहेकका प्रयोगकर्ताहरूका लागि पनि अडियो र भिडियो कलिङ सुरु गरिरहेका छौँ, यो सेवा ट्राई गर्नुस् !’ एनरिक ब्यारागन नाम गरेका एक्सका इन्जिनियरले एक्समा एउटा पोष्टमा यो सुविधाबारे खुलासा गर्दै लेखेका छन् ।
प्रयोगकर्ताले फलो गरेको वा एड्रेसमा रहेका एक्स एकाउन्टबाट मात्रै कल गर्न वा पाउन सकिनेछ । कलबाट जोडिने दुवै एकाउन्टले कम्तीमा एक पटक प्रत्यक्ष म्यासेजमार्फत अन्तरक्रिया गरेको हुनु पर्नेछ । आफूले फलो गरेको व्यक्तिको मात्रै फोन आउन सक्ने गरी सेटिङ मिलाउन पनि सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण