बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक्समा फोन कल र भिडियो कलिङको सुविधा

बिहीबार, १७ फागुन २०८०, १७ : २५
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । एलन मस्कको स्वामित्वमा रहेको माइक्रो ब्लगिङ वेबसाइट एक्स (पहिलेको ट्विटर)मा पछिल्लो समय एक पछि अर्को गर्दै फिचर थपिएका छन् । एक्स प्रयोगकर्ताहरूले प्लेटफर्मबाट फोन कल र भिडियो कल गर्न सक्नेछन् ।

खास कुरा त के छ भने यसका लागि एक्सको प्रिमियम पनि किन्नु पर्दैन । यस अघि कम्पनीले यो सुविधा प्रिमियम युजरहरूलाई मात्रै दिएको थियो । अब सबै एक्स प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराइएको छ । यसले मेटाको ह्वाट्सएपजस्ता सेवालाई कडा टक्कर दिने अपेक्षा कम्पनीको छ ।

‘हामीले बिस्तारै बिस्तारै प्रिमियम चलाउने बाहेकका प्रयोगकर्ताहरूका लागि पनि अडियो र भिडियो कलिङ सुरु गरिरहेका छौँ, यो सेवा ट्राई गर्नुस् !’ एनरिक ब्यारागन नाम गरेका एक्सका इन्जिनियरले एक्समा एउटा पोष्टमा यो सुविधाबारे खुलासा गर्दै लेखेका छन् ।

प्रयोगकर्ताले फलो गरेको वा एड्रेसमा रहेका एक्स एकाउन्टबाट मात्रै कल गर्न वा पाउन सकिनेछ । कलबाट जोडिने दुवै एकाउन्टले कम्तीमा एक पटक प्रत्यक्ष म्यासेजमार्फत अन्तरक्रिया गरेको हुनु पर्नेछ । आफूले फलो गरेको व्यक्तिको मात्रै फोन आउन सक्ने गरी सेटिङ मिलाउन पनि सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप