सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण, ७० जनाको मृत्यु
बिहीबार, १७ फागुन २०८०, २० : ३९

गाजा । गाजा सहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।
इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ ।
मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ । यद्यपि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।
प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा सहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमभणको निशाना बनाएको थियो । -(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
-
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
-
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी