फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा हार्यो नेपाल
काठमाडौँ । पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको २८औँ मिनेटमा गोल गरेकी थिइन् । निर्धारित समयको ७३औँ मिनेटमा जोर्डनकी फेरासले जवाफी गोल गरिन् ।
यसैगरी ८९औँ मिनेटमा जोर्डनकी अबु साबाले गोल गर्दै आफ्नो टोलीलाई २-१ को अग्रता दिलाइन् । इन्जुरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी प्रहारको अवसर पायो । त्यो अवसरलाई सदुपयोग गर्दै नेपालका लागि गिता रानाले नेपालका लागि दोस्रो गोल गरिन् ।
गिताको गोलपछि निर्धारित समयको खेल २-२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । तर, पेनाल्टी सुटआउटमा जोर्डनले नेपाललाई ५-३ गोलले हरायो ।
नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि चुम्नबाट चुक्यो । यसअघि पनि नेपालले १० पटक विभिन्न प्रतियोगिताको फाइनल खेल खेलेको थियो । तर, उपाधि भने चुम्न सकेको थिएन । प्रतियोगितामा नेपाल आमन्त्रित टोलीको रुपमा सहभागी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण