१६ बलमा २६ रन बनाउँदै आउट भए गुलसन झा
शुक्रबार, १८ फागुन २०८०, १२ : ०९
काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा गुलसन झालाई गुमाएको हो ।
चौथो नम्बरमा क्रिज समाल्न आएका गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका हुन् । ७।२ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण