भाइरल बन्दै भूपूको ‘चट्ट हेर्दा हजुर जिन्दगी दामी छ’
काठमाडौँ ।
‘चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमी छ’
केही दिनयता सामाजिक सञ्जालमा यो गीत भाइरल छ । ‘पिरै पिर’ बोलको यो गीत गायक तथा म्युजिक कम्पोजर भूपू पाण्डेले अघिल्लो साता सार्वजनिक गरेका हुन् । गीतलाई थुप्रैले आफ्नो फेसबुक स्टोरीमा सजाएको देखिन्छ ।
देशको हालत, बेरोजगारी समस्या र युवाहरूको वर्तमान अवस्थाको कथाब्यथा निकै मार्मिक रूपमा गीतमा प्रस्तुत गरिएको छ । गीतमा युवाहरू विदेश पलायन, बेरोजगारी, उमेर ढल्किँदै जाँदा युवाहरूमा छाउने नैराश्यता समेत समेटिएको छ ।
प्रत्येक शब्द, शब्दले मनछुने गीतको अन्त्यमा मापसे गरेर सवारी नचलाऔँ र देश पनि मापसे गरे जसरी नचलाऔँ भन्दै व्यङ्ग्य गरिएको छ । गीतलाई सकारात्मक प्रतिक्रियाको ओइरो छ । धेरै यो गीत मात्रै नभएर एउटा युवाको जीवनको वास्तविक कथा भएको समेत बताएका छन् ।
शब्द, संगीत, स्वर तथा संगीत संयोजन भूपू पाण्डे स्वयम्को रहेको गीत पाण्डेले आफ्नो जन्मदिने आमाबाबुलाई समर्पित गर्दै सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा गायक पाण्डे, कमल गिरी, मिरज सेन ठकुरी, रवि राउत, सूर्या भाइ, अशोक गिरी लगायतको अभिनय छ । गीतको भाव अनुसार भिडियो बनेको छ । पाण्डेले नै निर्देशन गरेको भिडियोमा योगेश दाहालको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ ।
यसअघि पाण्डेका चम्पा, छाता, छोटो छ जिन्दगी, जाँदा जाँदै बन्दिपुर पुग्यो जस्ता थुप्रै गीत लोकप्रिय बनेका थिए । समाचार तयार गर्दासम्म गीतले एक मिलियन भन्दा बढी भ्युज पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण