माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको विरोध गर्न पाइन्छ र ?

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरूले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विरोध गर्न नपाउने बताएका छन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौँ भनेर शपथ खाएर संसदमा आउनेहरूले त्यसको विरोध गर्न नपाइने जिकिर गरे ।
उनले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौँको बलिदान, रगत, आँसु, पसिना, बगेर यो व्यवस्था आएको हो । यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा शपथ खाएको हुन्छौ । र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौँ । सम्माननीय सभामुख महोदय, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको विरोध गरेको हामी यहाँ सुन्छौं । सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु–शपथ खाएर आइसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाइन्छ र ? यो कुराको गम्भीर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु ।’
सचिव पौडेलले हजारौँको बलिदान, रगत, आँसु, पसिना, बगेर यो व्यवस्था आएको उल्लेख गर्दै यसलाई मान्छौँ भनेर शपथ खाने तर विरोध गर्ने काम गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
-
बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत
-
श्रमिकको आम्दानी उत्पादकत्वसँग जोडेर निर्धारण गर्नुपर्छ
-
‘साना र ठुला उद्योगको न्यूनतम पारिश्रमिक फरक हुनुपर्छ’