आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

‘रङ्गेली’को सेन्सर रोकेको भन्दै फिल्मकर्मीको आक्रोश

सेन्सरले फिल्म रोकेको छैन : सदस्य आचार्य
शुक्रबार, १८ फागुन २०८०, १९ : १४
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । फिल्म ‘रंगेली’को नामको विषयलाई लिएर चलचित्र सेन्सर बोर्डले फिल्म सेन्सरमा रोकेको भन्दै फिल्मकर्मीहरुले आक्रोश व्यक्त गरिरहेका छन् । उनीहरुले सामाजिक संजालमा विभिन्न पोष्ट गर्दै सेन्सर बोर्डमाथि खनिएका हुन् ।

फिल्मका निर्माता अभिनेता दीपकराज गिरीले रंगेली सेन्सर रोकेको भन्दै सेन्सलेस सेन्सर बोड बताएका छन् । उनले विभिन्न ठाउँका नामबाट बनेका भारतीय फिल्मको उदाहरण दिँदै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘कश्मीर फाइल्स ! उडता पञ्जाब !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त यो ‘रंगेली’ चाहिँ किन सेन्सरमा परेछ ? सेन्सलेस सेन्सर बोर्ड !!’

त्यस्तै निर्देशक मनोज पण्डितले सेन्सर बोर्ड श्रेष्ठाको अभिव्यक्ति र स्वन्त्रता खान पल्केको बाघ भएको बताउका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै ‘सिने अनुसन बस्न तयारी गराँै’ भनेका छन् । उनले लेखेका छन्, ‘सिनेकर्मी साथीहरु हो, छिमेकीको घरमा पसेर मान्छे खाने बाघ कुनैदिन मेरो पनि घर पसेर मेरो परिवार पनि तहसनहस गर्न सक्छ भन्ने सोचौँ र छिमेकीकोमा पस्दा मेरोमा पसेको होइन भनेर सिरक ओडेर नबसौँ । यो सेन्सर बोर्ड नामक स्रष्टाको अभिव्यक्ति स्वतन्त्रता खान पल्केको बाघलाई बाँधेर खोरमा थुन्न सबै एक जुट होऔँ र आवश्यक परे, सिने–अनसन बस्न पनि तयारी गरौँ ।’

त्यस्तै निर्माता कलाकार रविन्द्र सिंह बाँनियाले एक सूचना लेख्दै सेन्सरको कदमप्रति ब्यङ्ग्य गरेका छन् । उनले लेखका छन्, ‘चलचित्रमा कुनै पात्रको नाम, थर मेरोसँग मिल्ने कसैले राख्दैछ भने पहिले मलाई स्क्रिप्ट बुझाएर अनुमति पत्र लिएर सुटिङमा जानु होला । नत्र सेन्सर पास नहुने ब्यहोरा जानकारी गराइन्छ ।’

फिल्मको अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । मोरङको रंगेली नगरपालिकाको नाममा आधारित रहेर बनाइएको फिल्मलाई सेन्सर बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको भन्दै निर्माण युनिटले बताएको छ ।’

यता सेन्सर बोर्डले ‘रंङ्गेली’लाई नामको आधारमा नरोकेको सेन्सर बोड सदस्य ऋषिराज आचार्यले बताए । ‘यो फिल्म चलाउन निर्माण युनिटले गरेको हत्कन्डा हो’, सदस्य आचार्यले भने, ‘फिल्मको कथा ठाउँलाई नगेटिभ सन्देश जाने छ । त्यहाँ सुटिङ गर्न अनुमति लिएको होला नि भनेको मात्र हो । उहाँहरुले छभन्दा त्यो अनुमति ल्याउनु भनेको हो । अहिले हंगामा गर्नुभयो ।’ 

‘कागज ल्याउन समय लाग्ने भए फोटो भएपनि हुन्छभन्दा हुन्छ भनेका थियाँै । अहिले यस्तो कुरा आयो’, आचार्यले थपे । केही अगाडि फिल्म ‘नाङ्गो गाउँ’ समयमा सुटिङ गरेको ठाउँलाई नाङ्गो भन्यो भनेर विवाद आएको थियो । त्यस्तो विवाद नआहोस् भनेर सोधेको आचार्यको भनाई छ । केही छैन भनेको भएपनि सेन्सर सर्टिफिकेट दिन्थ्याँै । यो हल्ला गर्नुपर्दैन थियो । 

फिल्म ‘रंगेली’ फागुन २५ गते प्रदर्शन तयारीमा छ । फिल्म दयाहाङ राई, मिरुना मगर अर्पण थापा लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप