आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओली कपको फाइनल खेल आज, मछिन्द्र र एनआरटीबिच उपाधि भिडन्त

शनिबार, १९ फागुन २०८०, ०७ : ३४
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा काठमाडौँमा जारी केपी ओली कप फुटबलको उपाधि भिडन्त आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेदेखि सुरु हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुने छन् ।  

सेमिफाइनलमा मच्छिन्द्रले भारतको भानेभञ्ज्याङ एफसीलाई ५–० गोलको एकतर्फी जित निकाल्दै फाइनलमा स्थान बनाउँदा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिताको उपाधि विजेताले ११ लाख तथा उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल अघि दिउँसो २ बजेदेखि दशरथ रंगशालामा साङ्गीतिक प्रस्तुति पनि हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप