बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गुगल स्टोरले १० भारतीय एप हटाएपछि...

आइतबार, २० फागुन २०८०, ११ : २५
आइतबार, २० फागुन २०८०

नयाँ दिल्ली । गुगलले आफ्नो प्ले स्टोरबाट १० भारतीय एप्सलाई हटाइदिएको छ । यसपछि नयाँ विवाद सुरु भएको छ । गुगलको यो हर्कतलाई प्रभावित कम्पनीहरूले तानासाहीको संज्ञा दिएका छन् । भारतीय एपहरूलाई हटाउने अनुमति गुगललाई नभएको भारत सरकारले बताएको छ । यस मामिलामा आगामी सोमबार एउटा बैठक बोलाइएको छ । यो बैठकमा गुगल र स्टार्टअप्स सबैका प्रतिनिधिहरू सामेल हुनेछन् ।

भारतीय अर्थतन्त्रका लागि स्टार्ट अफ इकोसिस्टम प्रमुख अवयव भएको र तिनीहरूको भाग्यको फैसला कुनै ठुलो प्रविधि कम्पनीको भरमा छाड्न नसकिने आईटी तथा सञ्चार मन्त्री अश्विनी वैष्णवले पीटीआईमा दिएको एक अन्तरवार्तामा भनेका थिए । स्टार्ट–अपलाई जे जस्तो सुरक्षाको आवश्यकता छ त्यो उनीहरूले पाउने वैष्णवको भनाइ छ । यस मामिलामा गुगललाई फोन गर्नु अघि नै डिलिष्ट भएका एप डेभलपरहरूलाई फोन गरेको वैष्णवले बताए ।  

कुन कुन एप हटाइएको थियो ?
गुगलले प्ले स्टोरबाट १० भारतीय एप हटाएको छ । यो सूचिमा शादी, मार्टिमोनी डट कम, भरत म्यार्टिमोनी, बालाजी टेलिफिल्म्सको अल्टीटी, कुकु एफ एम, क्वाक क्वाक, टुली म्याडी छन् । गुगलले यो कारवाही बिलिङ्ग पोलिसीलाई लिएर गरेको हो । यी एपहरुले बिलिङ पोलिसीलाई स्वीकार नगरेको गुगलको भनाइ छ । चेतावनीपछि पनि यी एपहरूले मनमानी गरेको तर्क गुगलको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप