सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

वीरेन्द्रनगरमा होटलको छतबाट खसेर एक जनाको मृत्यु

आइतबार, २० फागुन २०८०, १४ : १८
आइतबार, २० फागुन २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका–८, बस्ने ५१ बर्षीय दीपबहादुर चन्द रहेका छन्।

वीरेन्द्रनगर–६, स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका (एसपी) एवम् प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार‌ प्रहरीलाई  आज बिहान ८ः ३० बजे जानकारी गराइएको थियो ।

हाल उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप