चालक मोबाइलमा क्रिकेट हेर्न व्यस्त भएपछि रेल दुर्घटना भएको खुलासा
नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशको विजय नगर जिल्लामा गत वर्ष अक्टोबर २९ मा दुई वटा रेल एकापसमा ठोक्किए । यो दुर्घटनामा करिब १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना मानवीय त्रुटिको कारण भएको हो भनेर त्यही बेला इष्ट कोष्ट रेल्वेले भनेको थियो । उक्त दुघर्टनाबारे अहिले नयाँ खुलासा भएको छ । दुई रेल एक आपसमा ठोक्किँदा एउटा रेलको लोको चालक र सहायक लोको चालक मोबाइलमा क्रिकेटको खेल हेरिरहेका थिए भनेर रेल मन्त्री अश्विनी वैष्णवले दाबी गरेका छन् ।
५० भन्दा बढी घाइते भएका थिए
अश्विनी वैष्णवका अनुसार त्यस दिन साँझ सात बजे आन्ध्र प्रदेशको विजियनगरम जिल्लाको कान्टाकापल्लीमा हावडा–चेन्नई रेलमार्गमा रायगडा यात्री रेलगाडीले विशाखापट्टनम पलासा रेललाई पछाडिबाट ठक्कर दिएको थियो । यस दुघर्टनामा १४ जनाको मृत्यु भएको थियो र ५० जनाभन्दा बढी घाइते भएका थिए ।
रेल मन्त्रीका अनुसार उक्त घटनामा लोको चालक र सह लोको चालक दुवैको ध्यान क्रिकेट खेलका कारण भड्किएको थियो । अब भने रेल्वेले चालकहरूको ध्यान भड्किएको पत्ता लगाउने प्रणालीको स्थापित गर्न खोजिरहेको बताइएको छ । उक्त दुघर्टनाको जाँच रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो घटनामा चालक दलको दुवै सदस्यको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण